आँबुखैरेनीमा सडक भासियो, पृथ्वी राजमार्ग अवरुद्ध


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
आँबुखैरेनीमा सडक भासियो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबखैरेनीमा गएराती सडक भासिएपछि बाटो अवरुद्ध भएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको हो । गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो।

सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ।