आज रामनवमी पर्व मनाइदै, सरकारले दियो सार्वजनिक बिदा
खबरस्टोरी संवाददाता
२७ चैत्र २०७८, आईतवार
काठमाडौं । हिन्दु नेपालीहरुको चाड रामनवमी मनाइँदैछ । चैतशुक्लपक्ष नवमी (रामनवमी) त्रेता युगका मर्यादापुरुषोत्तम श्रीरामको जन्मजयन्तीका रुपमा सनातनीहरुले मनाउने महत्वपूर्ण दिन हो ।
रामनवमीका दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।