आज दुवै सदनको बैठक यी हुन् कार्यसूची


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
आज दुवै सदनको बैठक यी हुन् कार्यसूची
काठमाडौं । आज संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक डाकिएको छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । त्यस्तै प्रधानमन्त्री देउवाले नै राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ र लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

यसैगरी बिहान ११ बजे बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिनेछन् ।कानून, खेलकुद, श्रम, शिक्षा, पर्यटन, सहरी विकासलगायतका १० मन्त्रालयमाथि उठेका सवालको जवाफ सम्बन्धित मन्त्रीले दिने संसद सचिवालयले जनाएको छ ।