आलुको बोराबाट भेटियो ८३ लाख नेपाली रुपैयाँ


खबरस्टोरी संवाददाता
२१ असार २०७९, मंगलवार
आलुको बोराबाट भेटियो ८३ लाख नेपाली रुपैयाँ
काठमाडौँ। आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख  ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । 

मंगलबार ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरीले बताए ।

पक्राउ परेका दुबै जना र बरामद रकमलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।