अनामनगरमा बन्यो गिरिजाप्रसादको सालिक


खबरस्टोरी संवाददाता
२१ असार २०७९, मंगलवार
अनामनगरमा बन्यो गिरिजाप्रसादको सालिक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गरेका छन्।

काठमाडौंको अनामनगरस्थित राखिएको नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसादको अर्धकदको सालिक प्रधानमन्त्री देउवाले मंगलबार अनावरण गरेका हुन्।

नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष, नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको सालिक उनको जन्मजयन्तीको अवसर पारेर अनावरण गरिएको छ।