अवरोधबीच प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश


खबरस्टोरी संवाददाता
२६ कार्तिक २०७८, शुक्रबार
अवरोधबीच प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश

काठमाडौँ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अवरोध छल्दै सर्वोच्च अदालत प्रवेश गरेका छन् ।  उनी आज बिहान करिब १० बजेर ५५ मिनेटमा सर्वोच्च प्रवेश गरेका हुन् ।

नेपाल बारका पदाधिकारीहरुले सर्वोच्चको मुख्य गेट अगाडी प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक लगाउन भन्दै धर्ना दिइरहेको बेला  कार्यालयसँगै रहेको अर्को गेटबाट उनि अदालत  छिरेका हुन् ।

कडा सुरक्षाबिच प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्दै गर्दा मूल ढोका बाहिर रहेका बार सदस्यहरु भने जबराविरुद्ध नारा लगाइरहेका थिए।  बिहीबार अदालत परिसरमा प्रहरीले हस्तेक्षप गरेपछि बारले शुक्रबार सम्पूर्ण बेन्च बहिष्कार गर्दै प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक्ने कार्यक्रम तय गरेको थियो ।