भिजिबिलिटी कम भएपछि काठमाडौंको आकाशमा विमान घुमेको घुम्यै


खबरस्टोरी संवाददाता
१३ बैशाख २०७९, मंगलवार
भिजिबिलिटी कम भएपछि काठमाडौंको आकाशमा विमान घुमेको घुम्यै
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी असरले अवतरणमा समस्या देखिएपछि जहाजले आकाशमा फन्को लगाइरहेका छन् ।

बिहान १० बजेदेखि भिजिबिलिटी झनै कम हुँदै जाँदा जहाज अवतरणमा समस्या भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। हाल सिङ्गापुर एअरलाइन्स, नेपाल एअरलाइन्स, इन्डिगो लगायतका जहाज बारा, मकवानपुर र ललितपुरको आकाशमाथि घुमिरहेका छन् । 

त्यस्तै विमानस्थल कार्यालयले अब बिस्तारै मौसम खुल्न थालेकाले अवतरण सहज हुने बताएको छ । कार्यालयका अनुसार अहिले आकाशमा फन्को मारिरहेको जहाजलाई समय मिलाई अवतरण गराइने छ।