भारतले पेट्रोलियम निर्यातमा लगायो कर


खबरस्टोरी संवाददाता
१७ असार २०७९, शुक्रबार
भारतले पेट्रोलियम निर्यातमा लगायो कर
काठमाडौं । भारतले पेट्रोलियम पदार्थ निर्यातमा थप कर लगाउने भएको छ । तर यसबारे नेपाल आयल निगमलाई भने अहिलेसम्म कुनै जानकारी नआएको र नेपालले किन्दै आएको तेलमा भने यसले कुनै प्रभाव नपार्ने आयल निगमले जनाएको छ।

सरकारले पेट्रोल र हवाई इन्धनको निर्यातमा प्रति लिटर ६ रुपैयाँ कर निर्धारण गरेको छ। यसैगरी डिजेलको निर्यातमा प्रतिलिटर १३ रुपैयाँ कर तोकिएको भारतको अर्थमन्त्रालयले जनाएको छ।

यसैगरी भारतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आन्तरिक मूल्यलाई मिलाउन कर लगाउने निर्णय गरेको हो ।