भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौं फर्कियो


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
भद्रपुर उडेको बुद्ध  एयरको विमान बीचबाटै काठमाडौं फर्कियो
काठमाडौँ। टायरमा समस्या देखिएपछि झापाको भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ ।  

त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाटै काठमाडौं फर्किएको हो । 

 विमान  ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको सिटौलाले बताए । विमानमा ६९ जना यात्रु सवार थिए ।