त्रिचन्द्र कलेजको भवन जीर्णोद्धार गर्ने पहल र सरकारले वेवास्था गरेको भन्दै विद्यार्थीहरूले मार्च गरेका हुन् । शुक्रबार घण्टाघर, कलेज परिसरमा उनीहरूले मार्च गरेका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ आवद्द विद्यार्थीले क्याम्पसको संरक्षणका लागि सरकारले विशेष ध्यान दिनु पर्ने माग गरेका छन्।
०७२ सालको भूकम्पमा जीर्ण उक्त भवनको जोखिमलाई हेर्दै रातो स्टिकर टाँसिएको थियो। भूकम्पको ६ वर्ष हुँदा पनि भवन निर्माण गर्ने सुरसार नभएपछि विद्यार्थी आफैं सडकमा उत्रिएका हुन्।
उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत अध्ययन गरेको कलेज कहिले बन्छ ? ‘इतिहास ढल्दैछ सरकार मौन छ’, ‘त्रिचन्द्र बचाऔं, इतिहास जोगाऔं’, ‘भ्यू टावर चाहिँ बन्ने, त्रिचन्द्र चाहिँ नबन्ने’ लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।