बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना, कम्तिमा २५ जना घाइते


खबरस्टोरी संवाददाता
२९ बैशाख २०७९, बिहीबार
बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना, कम्तिमा २५ जना घाइते
धनगढी। कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा दुर्घटना भएको छ। दुर्घटनामा परि कम्तिमा २५ जना घाइते भएका छन् ।

कैलालीकाे धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे हाे ।  जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएकाे छ । 

कम्तिमा २५ जना घाइते भएकाे र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए । दुर्घटनाकाे कारण भने खुल्न सकेकाे छैन ।