बालेन र सुनिताले आज शपथ लिने


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
बालेन र सुनिताले आज शपथ लिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) शाह र उपमेयर सुनिता डंगोलसहित ३२ वटै वडाका वडाध्यक्ष र सदस्यले सोमबार शपथ लिँदैछन्। 

सोमबार बिहान १० बजे काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले  मेयर शाहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ।त्यसपछि मेयर शाहले उपमेयर डंगोललाई र वडाध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा हुनेछ।महानगरका प्रमुख शाह र उपप्रमुख डंगोलले बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ।