विमानका तीन सदस्य टोलीसहित २२ यात्रु लिएर गएको बिहान आइतबारदेखि बेपत्ता थियो । बेपत्ता जहाज सोवार विहान मात्रै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
दुर्घटनास्थल फेलापरेपछि सेना, प्रहरी तथा स्थानीय उद्धार टोलीले उद्धार कार्य जारी राखेका छन् ।
विमानमा रहेका २२ जना मध्ये १४ वटा शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी तथा स्थानीय पैदलटोलीसहित नेपाली सेना र फिस्टेलको हेलिकोप्टर पनि पुगेको छ । शवहरु हेलिकोप्टरबाट काठमाडौ ल्याउनले तयारी गरिएको छ ।
आइतबार बिहान पोखराबाट जोमसोमतर्फ ९ः५५ बजे उडेको तारा एयरको ९एन–एईटी, डीएचसी–६ ट्विनअटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४ हजार ५ सय फिटको उचाईमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।