बनेपामा ‘नो एमसीसी’ लेखिएको शंकास्पद बस्तु भेटियो


खबरस्टोरी संवाददाता
१६ फाल्गुन २०७८, सोमबार
बनेपामा ‘नो एमसीसी’ लेखिएको शंकास्पद बस्तु भेटियो

काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजारमा ‘नो एमसीसी’ शंकास्पद वस्तु फेला परेको छ । सडक बीचमा नै ‘नो एमसीसी’ खतरा लेखिएको वस्तु भेटिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ । 

आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव, मोहन वैद्य, मोहन विक्रम सिंह, ऋषि कट्टेल, विश्वभक्त दुलाल ‘आहुती’, कर्णजीत बुढा, सीपी गजुरेल, चित्रबहादुर केसी नेतृत्वको दल तथा मोर्चाले नेपाल बन्द आह्वान गरेका छन् ।