बानेश्वरको व्यस्त सडकमा भ्वाङ 


खबरस्टोरी संवाददाता
८ कार्तिक २०७८, सोमबार
बानेश्वरको व्यस्त सडकमा भ्वाङ 

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडकमा भ्वाङ परेको छ।  । 

बानेश्वरस्थित सिभिल अस्पताल र यातायात व्यवस्था विभाग अगाडिको सडकमा करिब ८ फिट गहिरो भ्वाङ देखिएको हो । सडकमा भ्वाङ परेपछि अहिले खाल्डो भर्न सडक विभागका कर्मचारी खटाइएका छन् ।   

भ्वाङ के कारणले परेको हो भन्नेबारे केही जानकारी नभएको प्रहरीले जनाएको छ। सडकको बीचभागमा अचानक खाल्डो हुँदा सोमबार यातायातसमेत केहिबेर अवरूद्ध भएको थियो ।