आइतबार दिउँसो मुग्लिनबाट आबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटासुमो एकआपसमा ठोक्किँदा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि शुक्लागण्डकी नगरपालिका–८ ढोलफिर्दी गणेस टोलका रुद्र सेन‚ लक्ष्मीकुमारी शाही र सुमो चालक ओमप्रकाश गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । तीनै जनालाई भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याउँदा अस्पतालले मृत्यु भइसकेको जनाएको थियो ।
पोर्चुगलमा रहेका छोराका लागि दुलही हेर्न भनी लक्ष्मीले आफन्त लिएर छिमेकी ओम गुरुङको सुमो लिएर कुरिनटार जाँदै थिइन् । तर कुरिनटार नपुग्दै परेको दुर्घटनामा लक्ष्मीसहित ३ जनाले ज्यान गुमाउन पुगे ।
दुर्घटनामा परि अरु १० जना घाइते भएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । टाटासुमो सडकदेखि करिब ५ मिटर तल खसेको थियो ।