बुधबारदेखि नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
बुधबारदेखि नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय
काठमाडौँ।  हेलिकप्टर तथा व्यावसायिक उडान गर्ने वायुसेवाहरुको छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै आफ्ना ५ बुँदे माग नागरिक उड्डयन प्राधिकरणले पूरा नगरे बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने घोषणा गरेका छन्। 

संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्राधिकरणले हालै विज्ञप्तिमार्फत ल्याएको रात्रिकालीन विश्रामका लागि काठमाडौंबाहिरका विमानस्थलमा जहाज नराख्ने, प्राधिकरणले हालै वृद्धि गरेका सेवा शुल्कको वृद्धि फिर्ता गर्नुपर्ने, काठमाडौं विमानस्थलमा दीर्घकालीन हेलिप्याड, ह्यांगरलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने ५ बुँदे माग राखेका छन्।