चुनावको मुखैमा फेरिए चितवनका प्रमुख निर्वाचन अधिकृत


खबरस्टोरी संवाददाता
३० चैत्र २०७८, बुधबार
चुनावको मुखैमा फेरिए चितवनका  प्रमुख निर्वाचन अधिकृत
चितवन । । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको प्रमुख निर्वाचन अधिकृतमा न्यायाधीश प्रकाशकुमार अधिकारीलाई जिम्मेबारी तोकेको छ ।हालका जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर उनको स्थानमा अधिकारीलाइ ल्याईएको हो । 

 अधिकारी चितवन जिल्ला अदालतका चौथो वरीयताका न्यायाधीश हुन् । उनीभन्दा अघि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला अदालतमा न्यायाधीश छन् ।