चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।  

चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका हुन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज उनीहरूबीच भेटवार्ता भएको हो । 

भेटमा दुईपक्षीय आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउ चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन् । उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेको छ ।