चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु
चितवन। चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५  वर्षीय पुरूष रहेका छन् ।  मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन् ।  

नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो । दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजिकार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।