चट्याङ लागेर मृत्यु


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
चट्याङ लागेर मृत्यु
सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका–७ पोतेनी बस्ने ६० वर्षीय गोपाल तामाङको चट्याङ लागेर बुधबार बिहान मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको खेतमा काम गरी घरतर्फ फर्किने क्रममा घरको आँगनमा आईपुग्दा अचानक चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।