ड्रमको पानीमा डुबेर एक बालिकाको मृत्यु


खबरस्टोरी संवाददाता
२२ असार २०७९, बुधबार
ड्रमको पानीमा डुबेर एक बालिकाको मृत्यु
काठमाडौँ। सर्लाहीको हरिवनमा आफ्नै घरकाे ड्रममा राखेको पानीमा डुबेर एक  बालिकाको मृत्यु भएको छ । हरिवन नगरपालिका–२, निवासी बिजय महतोकी  २ वर्षीया छोरी अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो ।

ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।

घटनालगतै प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयारी गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । शव परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जनाकारी दिए ।