एकाबिहानै गोरखामा भूकम्पको धक्का


खबरस्टोरी संवाददाता
९ असार २०७९, बिहीबार
एकाबिहानै गोरखामा भूकम्पको धक्का
काठमाडौं । गोरखामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ ः २२ बजे गोरखाको थुमी र आरुचनौटेको मध्यभागमा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प भएको हो।भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ। 

यसअघि बिहीबार बिहानै कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ म्यानिच्युडको भूकम्प गएको थियो।