एक्सकाभेटरले बाटो खन्दा ढुङ्गाले लागेर पैदलयात्रीको मृत्यु


खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
एक्सकाभेटरले बाटो खन्दा ढुङ्गाले लागेर पैदलयात्रीको मृत्यु
काठमाडौँ। ताप्लेजुङको सिदिङवा गाउँपालिका- ३ आगेपामा आइतबार दिउँसो एक्सकाभेटरले बाटो खन्ने क्रममा सडकमुनि खसेको ढुङ्गाले लागेर एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका २२ वर्षीय गंगाराम कडरिया रहेका छन्। 

उक्त स्थानमा सडक खनिरहेको र खनेको ढुङ्गा माटोलाई सडकभन्दा तल फाल्ने क्रममा फालेको ढुङ्गाले कडरियालाई लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।