एकतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड


खबरस्टोरी संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार
एकतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड
चितवन। पहिरोले अवरूद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड एकतर्फी रुपमा सुचारु भएको छ। नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत नाम्दी खोलामा खसेको पहिरोका कारण सडक पुर्ण रुपमा अवरुद्ध बनेको थियो ।

पहिरो पन्छाएपछि दिउँसो १ बजेबाट सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

यद्यपी अहिले पनि सुख्खा पहिरोे खस्ने क्रम रोकिएको भने छैन्,तरपनि लामो सवारी जाम र हिजोदेखि यात्रुहरु अलपत्र परेकाले केहि पहिरो हटाएर सवारी चाप कम गर्नेगरि काम भईरहेको प्रहरीले जनाएको छ ।