एमालेद्वारा संसदीय समितिको बैठक बहिष्कार,सभापतिको राजीनामा माग


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
एमालेद्वारा संसदीय समितिको बैठक बहिष्कार,सभापतिको राजीनामा माग
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको छ। 

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले पाउने परम्पराअनुसार आफूहरुले नपाएको भन्दै एमालेले बैठक बहिष्कार गरेको हो ।

लेखा समितिको बैठकमा सहभागी हुन एमालेका सांसदहरु विशाल भट्टराई, गोकुल बाँस्कोटा, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाम्फे, सूर्य पाठक, मैया भण्डारी र रघुवीर महासेठ लगायत सिंहदरबार पुगेका थिए। कांग्रेसले सरकार बनेको १ वर्षसम्म पनि लेखा समिति नछाडेको भन्दै असन्तुष्टि राखेर उनीहरु बैठकबाट निस्किएका हुन्।