आज बिहान ७ बजेको साइतमा मानन्धर समुदायले चीर ठड्याएका हुन् । साथै, एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । सो चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्याई दाहगरेपछि होली समाप्त हुन्छ। यस वर्षको होली पर्वको काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा चैत ३ र तराईमा ४ गते परेको छ ।
प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ। अन्ततः सत्यको विजय हुने मान्यताका साथ सोही बेलादेखि फागु पूर्णिमाका दिन होली पर्व मनाइँदै आएको धार्मिक विश्वास रही आएको छ।