फोहोर वर्गीकरण नगरे साउनदेखि ५ सय जरिवाना


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
फोहोर वर्गीकरण नगरे साउनदेखि ५ सय जरिवाना
काठमाडौं । काठमाडौंबासीले आगामी साउन १ गते देखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ।

काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गर्दै त्यसो नगरे कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ।