फोहोरमा केमिकल छर्किँदै काठमाडौँ महानगरपालिका


खबरस्टोरी संवाददाता
२३ जेष्ठ २०७९, सोमबार
फोहोरमा केमिकल छर्किँदै काठमाडौँ महानगरपालिका
काठमाडौँ। केही सातादेखि काठमाडौँ महानगरपालिकामा अहिले सम्म पनि फोहोर उठ्न सकेको छैन। पुनः केही दिनदेखि भने धेरै मात्रामा फोहोर थुप्रिन थालेको छ।

फोहोरको अझै पनि व्यवस्था हुन नसक्दा सडक वरपर जताततै फोहोरको थुप्रो देख्न सकिन्छ। फोहोरको दुर्गन्ध फैलिन नदिन काठमाडौँ महानगरपालिकाले  फोहोरमा केमिकल छर्किन थालेको छ ।