गभर्नर अधिकारीको रिट भोलि मात्र दर्ता हुने


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
गभर्नर अधिकारीको रिट भोलि मात्र दर्ता हुने
काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दिएको रिट भोलि मात्र दर्ता हुने भएको छ। 

सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अधिकारीले आइतबार रिट दायरको तयारी गरेको भएतापनि रिट भोली मात्र दर्ता हुने भएको छ ।कार्यालय समय सकिएका कारण दर्ताको प्रक्रिया भोलि मा हुने भएको हो ।

सरकारले गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्।