गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित पारित भएको छ । 

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आज बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो । 

असार १ गते गण्डकी प्रदेश सरकारको बजेट प्रदेशसभामा पेश गर्दै छ । निति तथा कार्यक्रम भने सरकारले जेठ २४ गते प्रदेश सभा बैठकमा पेश गरेको थियो ।