गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारलाई थप प्रभावकारी बनाइने


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारलाई थप प्रभावकारी बनाइने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका आधारभूत तहमा महिला र दलित तथा सबे जात जातिका समुदायहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने बताएकी छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई प्रभावकारी बनाउँदै महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक विरुद्ध हुने सबै प्रकारको हिंसा अन्त्य गर्ने नीति लिइने बताइन् । साथै हिंसा पीडितको तत्काल उद्धार र पुनस्र्थापना र परिवारमा पुनः एकीकरण र आर्थिक शसक्तिकरण गरिने बताइन् ।

राष्ट्रपति भण्डारीले दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यलाई थप प्रभावकारी बनाइने बताइन् ।