१ घण्टामै काठमाडौं–चितवन यात्रा गराउन बजेट विनियोजन


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
१ घण्टामै काठमाडौं–चितवन यात्रा गराउन बजेट विनियोजन
काठमाडौं । सरकारले काठमाडौंदेखि चितवन सम्मको यात्रा १ घण्टामा हुने गरी सडक निर्माण आयोजना घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन सडकमार्ग निर्माणको लागि बजेट छुट्याएको बताएका छन् ।

त्यस्तै चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रूतमार्ग निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बजेटमा उल्लेख छ ।