जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ


खबरस्टोरी संवाददाता
१५ बैशाख २०७९, बिहीबार
जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
नवलपुर । नवलपरासीपूर्व कावासोती नगरपालिका–३ स्थित अक्सफोर्ड ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीेले गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भएका ३५ वर्षीय सन्दिप कुमार श्रेष्ठसहित ४ जनालाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूको साथबाट नगद ४४ हजार ९ सय ७७ रूपैयाँ र १ बुक तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।