कुखुरा बाेकेकाे जीप पल्टिदा चार सय कुखुरा मरे


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
कुखुरा बाेकेकाे जीप पल्टिदा चार सय कुखुरा मरे
काठमाडौँ।  बिहीबार दिउँसो साढे दुई बजेतिर मुगु छायानाथ रारा नगरपालिका-४ रारा विमानस्थल नजिकैकाे हिलाम्ये सडकमा कुखुरा बाेकेकाे बोलेरो जीप दुर्घटनामा परेकाे छ । 

जीपमा पाँच सय ६७ वटा कुखुरा थिए । त्यसमध्ये चार सय ५० वटा कुखुरा मरेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । 

नेपालगञ्जबाट मुगुतर्फ ब्रोइलर कुखुरा लिएर आएको जीप सडकमा अचानक पल्टेकाे थियाे ।  घटनाबारे थप विवरण आउन बाकी छ।