कपिलबस्तुको महाराजगञ्ज नगरपालिका उपप्रमुख उम्मेदवारको निधन


खबरस्टोरी संवाददाता
२७ बैशाख २०७९, मंगलवार
कपिलबस्तुको महाराजगञ्ज नगरपालिका उपप्रमुख उम्मेदवारको निधन
कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा कांग्रेसको तर्फबाट उपप्रमुख पदको उम्मेदवार बनेकी शुभावति कुर्मीको निधन भएको छ।

नगरपालिकाको निवर्तमान उपप्रमुखसमेत रहेकी कुर्मीको सोमबार राति घरमै सुतिरहेको बेला स्वास्थ्यमा समस्या आएपछि तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममो निधन भएको हो ।

उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको निर्वाचनका सबै कार्यक्रम तत्काललाई स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।