कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट बिरामी भएपछि काठमाडौं ल्याइयो


खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट बिरामी भएपछि काठमाडौं ल्याइयो
काठमाडौँ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट विरामी भएका छन्। मन्त्री विष्टको सुर्खेतमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई आज बिहान काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको हो । 

मन्त्री विष्टको उपचार काठमाडौंको मेडिसीटी अस्पतालमा भई रहेको माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।