कार्यालय नआउने १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्तको चेतावनी


खबरस्टोरी संवाददाता
१० फाल्गुन २०७८, मंगलवार
कार्यालय नआउने १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्तको चेतावनी

काठमाडौँ।  १२ जना प्रहरी जवान सम्पर्कमा नरहेपछि प्रहरी प्रधान कार्यालयले सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ।  कार्यालयले सूचना जारी गर्दै विभिन्न स्थानमा दरबन्दी रही सेवामा नआएका १२ जना प्रहरीलाई तत्काल हाजिर हुन चेतावनी दिएको हो । केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । 

सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ । यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की, आशाराम महतो, वुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक, अर्जन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक रहेका छन् ।