कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित


खबरस्टोरी संवाददाता
१० जेष्ठ २०७९, मंगलवार
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित
काठमाडौँ। प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित भएको छ ।  समितिले वार्षिक रुपमा गरेका गतिविधिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको समिति सचिव उदय भण्डारीले जानकारी दिए । बैठकमा सिक्टा, रानीजमरा र भेरी बबइ आयोजना अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदन पनि पारित भएको छ । यसैगरी वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी कार्यदलले पेश गरेको प्रतिवेदन पनि समिति बैठकमा छलफल गरी पारित गरिएको छ ।

 बैठकमा समिति सभापति पूर्णाकुमारी सुवेदी, सांसदहरु दलबहादुर राना, भूपेन्द्रबहादुर थापा, शक्तिबहादुर बस्नेत, राधा ज्ञवाली, राजबहादुर बुढा, सत्यनारायण शर्मालगायतले अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमा सुझाव दिएका थिए । समिति बैठकले सुझावसहित प्रतिवेदन पारित गरेको हो । विसं २०७८ मा संसद् विघटन र विसं २०७७ कोरोना महामारीका कारण वार्षिक प्रतिवेदन बनाउन नसकिएको समितिले जनाएको छ ।