काठमाडौं उपत्यकामा एकैदिन २३ सय १७ सवारी चालक ट्राफिकको कारवाहीमा


खबरस्टोरी संवाददाता
१० असार २०७९, शुक्रबार
काठमाडौं उपत्यकामा एकैदिन २३ सय १७ सवारी चालक ट्राफिकको कारवाहीमा

काठमाडौँ। काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकैदिन २ हजार ३१७ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, मदिरा पिएर सवारीसाधन चलाउने १०८ जना, लेन उल्लंघन गर्ने १०७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९६ जना र तीव्र गतीमा सवारी साधन चलाउने ८० जना रहेका छन् । 

ढोका खुल्लै राखेर सवारी चलाउने ७० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना, अवस्था ठिक नभएका सवारीसाधन चलाउने ४१ जना र क्षमताभन्दा बढी यात्रु बोक्ने ३३ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।