काठमाडौंको फोहर उठाउन प्रहरीको स्कटिङ, बन्चरेडाँडामा डम्पिङ


खबरस्टोरी संवाददाता
१० जेष्ठ २०७९, मंगलवार
काठमाडौंको फोहर उठाउन प्रहरीको स्कटिङ,  बन्चरेडाँडामा डम्पिङ
काठमाडौं। विगत केहि दिनदेखि काठमाडौको फोहर व्यवस्थापनमा समस्या देखिएपछि अव्यवस्थित बनेको फोहर फोहर मंगलबारबाट उठाउन थालिएको छ। 

फोहर बोकेका गाडीहरूलाई प्रहरीको सुरक्षा घेरामा धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडामा लगेर नयाँ डम्पिङ साइटमा लगिएको छ ।

मंगलबार बिहान ९० वटा गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल–१ मा फोहर विसर्जन गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ। बन्चरे डाँडामा फोहर विसर्जनका लागि स्थानीय बासिन्दाले विरोध गरिरहेको भए पनि सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहर विसर्जन गर्ने निर्णय गरेको थियो। यता स्थानीयले विभिन्न माग राखेर बन्चरेडाँडामा फोहर विसर्जन गर्न नदिने अडान राख्दै आएका छन्।