काठमाडौंमा एकैदिन २२ सयभन्दा बढी सवारी चालक ट्राफिकको कारवाहीमा


खबरस्टोरी संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार
काठमाडौंमा एकैदिन २२ सयभन्दा बढी सवारी चालक ट्राफिकको कारवाहीमा
काठमाडौँ। काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकैदिन २ हजार २२० जना सवारी चालमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण सोमबार उपत्यकाका विभन्न ठाउँमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६५ जना, मापसे सेवन गरेर सवारी साधन चलाउने १३३ जना,  तीब्र गतीमा सवारी साधन चलाउने ६० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०९ जना, लेन उल्लंघन गर्ने ५३ जना सवारी चालक रहेका छन् । 

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।