काठमाडौंमा राप्रपाले खोल्यो खाता


खबरस्टोरी संवाददाता
२ जेष्ठ २०७९, सोमबार
काठमाडौंमा राप्रपाले खोल्यो खाता
काठमाडौँ । काठमाडौंमा राप्रपाले खाता खालेको छ। काठमाडौंको शंखरापुर नगरपालिकाको वडा नं. ३ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार विजयी भएका हुन्। 

निर्वाचन आयोगका अनुसार उक्त वडामा राप्रपाका सूर्य तामाङले ७१४ मत प्राप्त गरेका हुन्।

उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कर्मबल तामाङले ६०६ मत पाए। राप्रपाले देशभरमा अहिलेसम्म ३१ वडामा जित हात पारेको छ।