ललितपुर महानगरमा तेब्बर मतसहित चिरीबाबुको अग्रता कायमै


खबरस्टोरी संवाददाता
३ जेष्ठ २०७९, मंगलवार
ललितपुर महानगरमा तेब्बर मतसहित चिरीबाबुको अग्रता कायमै
ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले झण्डै तेब्बर मतका साथ अग्रता लिएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १६८३ मत ल्याउँदा चिरीबाबुले ४७२८ मत ल्याएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्यले २०८३ मतसहित अग्रता लिएकी छिन् । गठबन्धनका उपमेयर उम्मेदवार माओवादीका बाबुराजा बज्राचार्यले १५२४ मत प्राप्त गरेका छन् ।