लुम्बिनी प्रदेशमा मंगलबार सार्वजनिक बिदा


खबरस्टोरी संवाददाता
१ फाल्गुन २०७८, आईतवार
लुम्बिनी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

काठमाडौं।  लुम्बिनी प्रदेश सरकारले ३ फागुनमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

१३ चैत २०७७ को लुम्बिनी मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३ फागुनमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।