लमजुङकाे चिसापानी सामुदायिक वनमा भीषण डढेलाे


खबरस्टोरी संवाददाता
७ चैत्र २०७८, सोमबार
लमजुङकाे चिसापानी सामुदायिक वनमा भीषण डढेलाे
लमजुङ।  लमजुङकाे मर्स्याङ्दी  गाउँपालिका ६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा शनिबार दिउँसोबाट भीषण आगो लागेकाे छ । सामुदायिक बनका अध्यक्ष पारु कतिलाका अनुसार मर्स्याङ्दी  नदी नजिकैको तातोपानी कुण्ड माथिबाट चिसापानी सामुदायिक वनमा शनिबार दिउँसो साढे २ बजेबाट आगो लागेको हो । 

हावा चलेकाले डढेलाे नियन्त्रण गर्न कठिन भएको उनले बताइन् । उनले भनिन्, 'शनिबार लागेको आगो झनझन् बढ्दै गएको छ । आगो नियन्त्रणका लागि अग्नीरेखा कोरिए पनि आगोको मुस्लो ठूलो भएकाले निभाउन सकिएकाे छैन ।'

मर्स्याङदी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलाे लागेको हो । वनमा एक्कासी डढेलाे लागेपछि स्थानीय आइतबार  आगो नियन्त्रणका लागि पुगेका थिए । डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले डढेलाे नियन्त्रणबारे आइतबार बेलुका मात्र खबर आएको बताए ।