लमजुङ । लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१ नम्बरको ट्रिपर दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको ट्रिपर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सोहि ट्रिपरका चालक अन्दाजी २७ वर्षिय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती बस्ने अन्दाजी वर्ष ४५ का उत्तम न्यौपाने रहेका छन् भने अन्य दुईजना सल्यान कुमाख गाउँपालिका वस्ने अन्दाजी वर्ष २२ का पारस शाह र गोरखा नगरपालिका १२ वस्ने अन्दाजी वर्ष २४ का वर्षिय रविन्द्र सेढाई रहेका छन् ।
सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा ट्रिपर सडकबाट करिब ३० मिटर तल खसेको हो । दुर्घटनामा परि ट्रिपर चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।