महिलामाथि हातपात गरेको आरोपमा प्रदेश राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा


खबरस्टोरी संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार
महिलामाथि हातपात गरेको आरोपमा प्रदेश राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा
दाङ। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनलाई महिला माथि हातपात गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।

तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कको लालुमण्डीको पछाडि बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै पसेर मंगलबार बिहान राज्यमन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी हुन् ।   

मन्त्री आफैं अर्काको घरभित्र गएर कुटपिट  गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा वलीलाई थुनेर राखेका थिए । हाल घटनास्थलमा प्रहरी परिचालन गरिएको छ  भने आरोपित राज्यमन्त्री वली अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा छिन् ।