९ महिना लामो संसदको अवरोध हट्यो


खबरस्टोरी संवाददाता
३ जेष्ठ २०७९, मंगलवार
९ महिना लामो संसदको  अवरोध हट्यो
काठमाडौं । ९ महिना लामो संसदको अवरोध हटेको छ । नेकपा एमालेले गतवर्ष भदौ २३ गतेदेखि संसद अवरोध जारी राखेको थियो ।

मंगलबारदेखि सुरु भएको संसदको बैठकमा सम्बोधन गर्दै सो पार्टीका महासचिव प्रदीप ज्ञवालीले अवरोध फिर्ता लिएको बताएका थिए ।

उनले आफ्नो दललाई विभाजन गरेर जानेहरुलाई जनताले सउचित ढंगले फैसला गर्ने बताएका थिए ।  उनले आजैदेखि संसदको अवरोध हटाएको र विरोधलाई प्रस्तुत गर्ने निर्णय गरेको बताएका थिए ।