माके निकट अखिल क्रान्तिकारीका उपाध्यक्षसहित ९ जना निलम्बनमा


खबरस्टोरी संवाददाता
६ असार २०७९, सोमबार
माके निकट अखिल क्रान्तिकारीका उपाध्यक्षसहित ९ जना निलम्बनमा
काठमाडौ । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जना निलम्बनमा परेका छन् । 

संगठनविरोधी गतिविधि गरेको भन्दै आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको हो।

 तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि बैठकमा कुटाकुट भएको थियो। कुटाकुटपछि बैठकस्थलमा प्रहरी नै लगाईएको थियो ।